काठमाडौं । सुदूरपश्चिममा भोलि (आइतबार) सार्वजनिक बिदा हुने भएको छ । सुदूरपश्चिममा प्रदेश सरकारले आइतबार अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी अट्वारी पर्व सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ ।
२०७६ भदौ १४ गते प्रकाशित
वि.सं.२०७६ भदौ १४ शनिवार १६:४२ मा प्रकाशित