back
NMB ad

अब के हुन्छ ? एटिएम ह्याक गरेर लुटियो जनताको साँढे तीन करोड !

Kumari bank ad

काठमाडौं । नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ ।

भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताउनुभयो । यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन । कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ ।

‘नक्कली कार्ड बनाएर पैसा झिकेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘यसमा एउटा विशिष्ट प्रविधि प्रयोग गरेको भेटियो। तर, यो कारोबार नेप्सको प्रणालीसम्म नआइपुग्दै नक्कली अप्रुभल गराएको देखिन्छ ।’ नक्कली कार्ड प्रयोगबाट विभिन्न बैंकका डाटा ह्याक गरेर रकम निकालेको देखिएको प्रहरीले पनि बताएको छ ।

नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायत बैंकको एटीएम बुथमा नक्कली कार्ड घोटेर ह्याकरले पैसा झिकेका हुन ।

प्रभुको कार्डबाट मात्रै १ करोड ३० लाख रुपैयाँ निकालेको पाइएको नेप्सले जनाएको छ। बाँकी पैसा झिक्न एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ«े बैंकको नक्कली कार्ड प्रयोग गरेको देखिएको छ ।

प्रहरीले नेपाली र विदेशी मुद्रा गरी १ करोड ३७ लाख २० हजार मात्र बरामद गरेको छ । यत्रो पैसा कसले तिर्छ भन्ने अन्योल देखिएको छ । ‘भिसाको नियमअनुसार जुन बैंकको कार्ड प्रयोग भएको छ त्यसले दायित्व लिनुपर्छ’, क्षेत्री भन्नुभयो ।

कसको कमजोरीका कारण क्षति भयो भन्ने यकिन नभएको उहाँले सुनाउनुभयो । ‘विभिन्न प्रकारका स्क्यानिङ गरेर हेर्दा त्यसबाट केही देखिएको छैन’, उहाँले भन्नुभयो ।

प्राविधिक कमजोरी पत्ता नलागेपछि भिसाले फरेन्सिक अनुसन्धान गर्न भनेको छ । भिसाबाटै सूचीकृत कम्पनीमार्फत यस्तो अनुसन्धान गराउनुपर्ने भएकाले कहिलेसम्म टुंगिन्छ भन्ने स्पष्ट भएको छैन ।

त्यस बेलासम्म प्रभु, एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ«े जस्ता बैंकको कार्ड अन्तर्राष्ट्रिय भुक्तानी गर्न प्रतिबन्धित रहन्छन । नेपालमा पनि आफ्नै एटीएम बुथबाहेक अन्यत्र चल्दैनन ।

अनुसन्धान प्रतिवेदन आएपछि क्षतिपूर्ति कसरी गर्ने भनेर बैंकहरूसँग छलफल गरिने उहाँले बताउनुभयो । ‘साढे ३ करोडभन्दा बढी रकम क्षति हुने अवस्था देखिएको छैन’, उहाँले भन्नुभयो, ‘बैंक र नेप्सको बीचमा के हुन्छ भन्ने कुराचाहिँ छलफल गर्नुपर्नेछ ।’.

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २ करोड २१ लाख नेपालीसँग बैंक खाता छ । उनीहरूले ३३ खर्ब ५४ अर्ब रुपैयाँ बचत गरेका छन ।अन्नपुर्ण पोष्टमा समाचार छ ।

२०७६ भदौ १६ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ १६ सोमवार ०८:२७ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...