back
NMB ad

दसैँमा आइएमईको ‘डबलको डबलको डबल’ अफरः जित्नुहोस विदेशबाट पठाएको रकमको आठ गुणासम्म

Kumari bank ad

काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । १५ भदौदेखि कात्तिक मसान्तसम्म ७७ दिनका लागि ल्याइएको योजना आइतबार सार्वजनिक गरिएको हो ।

योजना अनुसार हरेक दिन आइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशालीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्किममा आमसेवाग्राहीको उल्लेख्य सहभागिता रहेको बताउँदै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस वर्ष सहभागिता झनै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आइएमई र आइएमईका सेवाग्राहीबीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यावसायिक ब्रान्ड बनाएको उल्लेख गर्दै आइएमईका ब्रान्ड एम्बेस्डर दीपकराज गिरीले यो दसैँमा आइएमईले ल्याएको योजनाले त्यो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अफर अवधिमा विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्त निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने बताइएको छ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सबै सेवाग्राही स्वतः सहभागी बन्न सक्नेछन ।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने जनाइएको छ ।

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा रहेका आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहीत हुनेछ ।

योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...