back
NMB ad

पुँजीगत लाभकर गणना गर्न नयाँ सफ्टवेयर, यस्तो छ जोखिम !

Kumari bank ad

काठमाडौं । लगानीकर्ता तथा सरकारबीच लामो समयको विवाद, आरोप प्रत्यारोप तथा शंकापछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले (सीडीएससी) भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि नयाँ सफ्टवेयरको परीक्षण सुरु गरेको छ ।

सीडीएससीले सोमबारदेखि अनलाइनबाटै पुँजीगत लाभकर घोषणा र गणना गर्न सकिने सफ्टवेरको परीक्षण सुरु गरेका जनाएको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै सीडीएससीले सिस्टम निर्माणको काम अन्तिम चरणमा पुगेको र सोमबारबाट नै परीक्षणका लागि खुला गरिएको जनाएको छ ।

परीक्षणकालमा लगानीकर्ताले आफूले होल्ड गरेको सेयरको लाभकर गणना गर्न सक्नेछन् भन्दै कम्पनीले त्यसलाई आधिकारिक भने मानि नहाल्ने जनाएको छ । सफ्टवेरको परीक्षण सकिएर आधिकारिकरुपमा काम हुन भने अझै केही समय लाग्ने पनि सीडीएससीले जनाएको छ ।

यो प्रणालीको सुरुवात भएपछि ग्राहकलाई ब्रोकर कार्यालयमा गएर लागतमा सहिछाप गर्नुपर्ने अवस्था अन्त्य हुनेछ तर सीसीएससीको सिस्टममा केही खराबी आयो वा अन्य कारणले सीडीएससीको रेकर्डमा रहेको लागत कम वा बढी हुन गयो भने चाहिँ त्यसबाट हुनजाने नोक्सान वा सरकारी कारबाहीको भागिदार भने स्वयम् लगानीकर्ता नै हुनुपर्ने व्यवस्था गरिएको छ ।

हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाख हाराहारीमा रहेका लगानीकर्ताहरूले यसको परीक्षण गर्न सक्नेछन ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १३:४९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...