back
NMB ad

प्राइम लाइफको निर्णयः १२.५% बोनस सेयर दिने

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सले १२.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कर तिर्न नगद लाभांश पनि दिनेछ । लाभांश अनुमोदन गर्न कम्पनीले असोज ७ गते विशेष साधारण सभा समेत बोलाएको छ । प्राइमले पनि आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गर्न बाँकी छ ।

सामान्यतयः लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट अनुमोदन गरिने भए पनि प्राइमले भने विशेष साधारण सभामार्फत अनुमोदन गर्ने भनेको छ । नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले हतारमा विशेष सभामार्फत लाभांश अनुमोदन गर्न खोजेको देखिन्छ ।

यस इन्सुरेन्सले २२ करोड ३१ लख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।

यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल प्राइमको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँ पुग्नेछ ।

सभा प्रयोजनका लागि प्राइमले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गते कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । प्राइमले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा छ ।

२०७६ भदौ २० गते प्रकाशित

वि.सं.२०७६ भदौ २० शुक्रवार ०९:२५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...