काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को लाभांश घोषणा गरेको हो ।
कम्पनीले १२% नगद लाभांश र २.५% बोनस सेयर दिन लागेको हो । नेसनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । नेसनल लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।
हाल नेसनलको चुक्ता पुँजी ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । नेसनलले असार मसान्तसम्ममा ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी ११ रुपैयाँ १८ पैसा रहेको नेशनलको प्रतिसेयर नेटवर्थ भने १३० रुपैयाँ ५५ पैसा छ ।
२०७६ भदौ २० गते प्रकाशित
वि.सं.२०७६ भदौ २० शुक्रवार ०९:०४ मा प्रकाशित