back
NMB ad

राष्ट्र बैंकले ३० क्वीन्टल चाँदी बिक्री गर्दै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागले ३ क्वीन्टल चाँदी बिक्री गर्न लागेको छ। मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखाले बिहीबार विज्ञापन गर्दै चाँदी किन्न इच्छुकले सम्पर्क गर्न आह्वान गरेको हो।

‘यस महाशाखामा रहेका ९९५ र सो भन्दा कम टच भएका करिब ३ हजार किलोग्राम चाँदी जे जस्तो अवस्थामा छन् सोही अवस्थामा देहायको प्रक्रियाबोमोजिम बिक्री गरिने भएको छ’, महाशाखाको विज्ञापनमा भनिएको छ, ‘इच्छुक व्यक्ति/व्यवसायिक फर्महरुले उपलब्ध परिमाणमध्ये आफूले चाहेको परिमाण खरिदका लागि यस महाशाखामा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’

सूचना प्रकाशित भएको मितिदेखि सातदिन भित्र खरिद आवेदन पेश गर्न उक्त विज्ञापनमा उल्लेख गरिएको छ। खरिदकर्ताहरु एकजना भन्दा धेरै भएमा अधिकतम तौल खरिद गर्न चाहने खरिदकर्तालाई प्रथामिकता दिइनेसमेत विभागले जनाएको हो।

सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ अनुसार सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको चाँदीको दैनिक मूल्यबोमोजिम उक्त चाँदी बिक्री हुने विज्ञापनमा उल्लेख छ। चाँदी खरिद गर्नका लागि मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखा सुन्धारामा सम्पर्क गर्न सकिने छ।

२०७६ भदौ २० गते प्रकाशित

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:५० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...