back
NMB ad

रवि लामिछानेविरुद्धको निवेदनको सुनुवाई सकियो, अव के हुन्छ ?

Kumari bank ad

मकवानपुर । चर्चित सञ्चारकर्मी रवि लामिछानेविरुद्ध उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै दिएको निवेदनमा सुनुवाई सकिएको छ ।

उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवि लामिछानेले दिएको निवेदन र उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले दिएको निवेदन एकै दिन पेश गर्न आदेश दिएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।

उच्च सरकारी वकिलको कार्यालयले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने, पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै सोमवार निवेदन दर्ता गरेको थियो ।

निवेदनमा मंगलबार सुनुवाई गर्दै हेटौँडा इजलासले यसअघिको आदेश अनुसार जिल्ला अदालत चितवनको फाइल आइसकेकाले बिहीबारको पेशीमा दुवै फाइल पेश गर्न आदेश दिएको इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबारको इजलासमा लामिछानेले दिएको निवेदन र सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा सुनुवाई हुनेछ । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका लामिछाने र कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलाशमा पुगेका थिए ।

पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाई गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो ।

निवेदनको प्रारम्भिक सुनुवाईको क्रममा मगाईएको प्रतिवेदन सोमवार उच्च अदालत हेटौँडामा पुगेको छ । अब बिहीबार यी दुवै निवेदनमा सुनुवाई हुने हेटौँडा इजलासका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

२०७६ भदौ २४ गते प्रकाशित

वि.सं.२०७६ भदौ २४ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...