back
NMB ad

अब रूखमा विज्ञापन गर्दा कारबाही, आजदेखि नै लागू हुने !

Kumari bank ad

काठमाडौं । चेन्नई कर्पोरेसनले सडकका रूख सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । विज्ञापन राखिँदा रूखको मौलिकता हराउनुका साथै सहर कुरूप हुने जनाउँदै चेन्नईले बिहीबारदेखि नै लागू हुने गरी नयाँ नियम सार्वजनिक गरेको हो ।

अब चेन्नईको सडकमा रहेका रूखमा कुनै पनि कम्पनीले आफ्नो प्रवद्र्धनका लागि होडिङ बोर्ड राख्दा २५ हजार भारु जरिवानाका साथै तीन वर्षसम्म कैद हुनेछ ।

चेन्नईले दश दिनभित्र सबै कम्पनीलाई रूखमा रहेका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । प्रशासनले दिएको समयभित्र बोर्ड नहटाए कारबाहीको भागीदार हुनुपर्ने जनाएको छ । यसैगरी रूखमा किला ठोक्ने क्रियाकलाप नगर्न भनिएको छ । रूखका किला ठोक्दा यसको उमेर कम हुने विश्वास छ ।

धेरै अगाडिदेखि भारतको वनस्पति विज्ञान विभागले रूखमा किला ठोक्न नहुने र बिजुली जडानजस्ता कार्यले यसको आयु घट्ने प्रतिवेदन बुझाएको थियो । विभागले यस्तो काम तत्कालै निरुत्साहित गर्नुपर्ने बताएको थियो ।

तर, यसतर्फ खासै ध्यान प्रशासनको गएन । पछिल्लो साता चेन्नई कर्पोरेटले एक सर्वेक्षण गरेको थियो । विज्ञापन र किल्ला भएका रूख अन्य रूखका तुलनामा कमजोर देखिए ।

भारतका विभिन्न सहरमा ‘फ्री ट्री’ (खुला रूख) अभियान सुरु भएको छ । सहरलाई हरियाली बनाउन नयाँ रूख रोप्ने र संरक्षण गर्ने यस्तो अभियान सुरु भएको हो । धेरैजसो संस्थानले यस्तो अभियान सञ्चालन गर्दै बोट–बिरुवामा राखिएका होडिङ बोर्ड हटाएका छन ।-एजेन्सी

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:५३ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...