back
NMB ad

अब गाडी चालक र कार्यालय सहयोगीलाई पनि स्थायी !

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने बताउनुभएको छ । कम तलवमा काम गर्ने गाडी चालक र कार्यालय सहयोगीहरुलाई स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनले प्रस्ताव गर्नुभएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार माथिल्लो ओहोदाका कर्मचारी स्थायी गर्ने ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धि विधेयक’मा राखिएको प्रावधानमाथिको छलफलमा उहाँले तल्लो तहका कर्मचारीलाई अन्याय गर्न नहुने बताउनुभयो ।

उहाँले कम्युटर अपरेटरलाई पनि करारमा राख्न नहुने धारणा राख्नुभयो । त्यसैगरी प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले पनि अस्थायी र करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था अनुपयुक्त भएको बताउनुभयो ।

अस्थायी प्रकृतिका कार्यालयमा भने प्रयोजन सकिएपछि कर्मचारी विदाई गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको धारणा थियो । सबै कर्मचारी स्थायी भएपछि राज्यले दिने सेवा र सुविधा पनि समान हुनुपर्ने माग उहाँले राख्नुभयो ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १७:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...