back
NMB ad

पछिल्लो ८ कारोबार दिनमा करिब ७१ अंक घट्यो नेप्से

Kumari bank ad

काठमाडौं । नेप्से परिसूचक पछिल्लो ८ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । सोमबारसहित नेप्से ८ दिनमा ७० दशमलव ९३ अंक घटेको छ ।

लगानीकर्ताको मनोबल घटेसँगै बजार निरन्तर ओरालो लागेको हो । नेप्से परिसूचकसँगै नेप्सेको १४ दिने आरएसआई पछिल्लो ६ कारोबार दिनदेखि ओभरसोल्ड जोनमा रहेको छ ।

प्राविधिक विश्लेषण अनुसार बजारमा बिक्री चाप बढी भएको देखिए पनि बजारमा बिक्री गर्ने लगानीकर्ता कम रहेको छ । बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायले लगानीकर्ताको मनोबल बढाउन केही कार्यक्रम सञ्चालन नगरेका कारण बजारले सकारात्मक दिशा नलिएको एक लगानीकर्ताले बताए ।

कम्पनीहरूले नाफामूलक वित्तीय विवरण सार्वजनिक गरी लाभांश घोषणा गरिसकेका छन । यस्तो अवस्थामा पनि बजार नबढ्नु भनेको लगानीकर्ताको कमजोर मनोबल नै रहेको उनको भनाइ छ ।

नेप्से परिसूचक सोमबार १६ दशमलव १८ अंक घटेर १ हजार १ सय २३ दशमलव ८३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ६६ अंक घटेर २ सय ४६ दशमलव ३५ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव शून्य ९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य ४ अंक घटेको छ ।

यस दिन १ सय ६९ कम्पनीको ७ हजार ५ सय ४७ पटकको कारोबारमा ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँबराबरको १२ लाख ४८ हजार ४ सय ९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।-नयाँ पत्रिकाबाट

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०९:१८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...