back
NMB ad

सवा ४ अर्बको आइपिओ निष्कासन गर्दै छन यी कम्पनी, कसको कति ? (सुचिसहित)

Kumari bank ad

काठमाडौं । एक दर्जन कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन । जलविद्युत, बिमा र मर्चेन्ट बैङ्करले गरी ४ अर्ब १४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ४८५ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

आईपीओ निष्कासनका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । आईपीओ निष्कासनको अनुमति माग्नेमा अधिकाँश जलविद्युत कम्पनी रहेको बोर्डले जनाएको छ ।

सबैभन्दा बढी रकमको आईपीओ नेपाल पुर्न्बिमा कम्पनी लिमिटेडको छ । पुर्न्बिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।

सीबीआईएल क्यापिटल लिमिटेड र नेपाल इमर्जिङ्ग लिमिटेडले पनि आईपीओ निष्कासन गर्न अनुमति मागेका छन । साउनयता बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छैन ।

आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, माउन्टेन नेपाल हाइड्रो लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडलगायत १२ कम्पनी छन ।

सुचि हेर्नुहोस्

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/SBw6o0QiiC4EJ2JHgdjfN7YoPyCFZhQCqoFh2qBH.pdf”]

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार १०:१६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...