back
NMB ad

कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउने, सरकारी कर्मचारी मणि हराएको नागझैं

Kumari bank ad

काठमाडौं । निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा किस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ ।

व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पुर्याउने सहमति जुटाउने तयारी भएको हो । तर दुई वर्षसम्मको उमेर हद कर्मचारीको कार्यसम्पादनको आधारमा मात्रै थप हुनेछ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेको संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको कार्य–सम्पादनका आधारमा उमेर हद बढाउने विषयमा सहमति जुटेको हो ।

‘उमेर हद बढाउने कि नबढाउने भन्नेमै विवाद थियो, सरकारले अहिले उमेर हदको विषयमा नयाँ मोडल प्रस्तुत गरेको छ,’ समितिका एक सदस्यले भने, ‘अब यसैमा लगभग सहमतिनजिक पुगिसकेको अवस्था हो।’

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद पठाएको मस्यौदामा कर्मचारीको उमेर हद ६० वर्ष कायम राखिएको थियो ।

त्यसपछि मन्त्रिपरिषद्ले थप तयारी गर्नू भन्दै मस्यौदा मन्त्रालयमै फर्कायो, त्यसबेला उमेर हद ५८ राखियो, सोही अनुसार संसदमा पेस पनि भयो ।

अहिले व्यवस्थापिका संसदको वेभसाइटमा राखिएको विधेयकको वर्तमान अवस्थामा हेर्दा कर्मचारीको उमेर हद ५८ नै राखिएको छ । तर यसैबीचमा मन्त्रालयले पुनः दुई वर्ष किस्ताबन्दीमा उमेर हद थप गर्ने प्रस्ताव ल्याएको हो ।

अहिले सरकारी कर्मचारी मणि हराएको नागझैं भएका छन, सेवाग्राहीलाई देखेपछि कर्मचारीले पिठ्युँ फर्काएर बस्ने प्रवृत्ति देखिएको छ ।

हाल सहमतिनजिक पुगिएको उक्त व्यवस्था अनुसार निजामती कर्मचारीको आधारभूत उमेर हद ५८ र थप दुई वर्ष कार्य–सम्पादनका आधारमा थप गरेर ६० वर्ष सम्म पुर्याउन सक्ने भनिएको छ ।

तर अहिले उमेरका कारण अवकाशनजिक पुगेकाको हकमा भने नयाँ व्यवस्था गरिने भएको छ । नागरिक दैनिकबाट

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार ०८:२८ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...