back
NMB ad

एयरफेयरलाई प्रतिस्पर्धी र रिलायबल बनाउंदै नेपाल एयरलाइन्स

Kumari bank ad

काठमाण्डौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आज एउटा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल एयरलाइन्सले जापानको ओशाकामा अन्तराष्ट्रिय उडान शुरु गरेको सन्दर्भमा सो अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।

नेपाल एयरलाइन्सका कमर्शियल डाइरेक्टर टंक निधी दाहाल, नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, जापान इनवाउण्ड टूर अपरेटर्स कंपनीहरु र नाट्टा कार्यसमितिका सदस्यहरु बीच भएको उक्त अन्तरकृया कार्यक्रममा सीएन पाण्डेको अध्यक्षता रहेको थियो ।
करिब १२ बर्ष पछि नेपाल एयरलाइन्सले जापानको ओशाकामा अन्तराष्ट्रिय उडान शुरु गरेकोमा खुसि व्यक्त गर्दै विद्यमान समस्या र समाधानका उपायहरुलाई खुल्ला रुपमा छलफल गर्न सकिने गरि यो अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा भगिरथ सापकोटा, केदार दवाडी, शिवेश श्रेष्ठ, श्यामराज थपलिया, गोलमान गुरुङ्ग, नाट्टाका पूर्व अध्यक्ष रामकाजी कोने, संजय माथेमा र नाट्टा कार्य समितिका सदस्य श्रीराम पाण्डेले नेपाल एयरलाइन्सको ओशाका उडानलाई के कसरि दिगो र भरपर्दो गर्न सकिन्छ भन्ने सुझाव व्यक्त गर्नुभएको थियो । साथै नेपाल एयरलाइन्सका कमर्शियल डाइरेक्टर
टंक निधी दाहालले आफुहरु एउटा टीम बनाएर रणनितिक योजनाका साथ अघि बढ्न तत्पर र एयरफेयरलाई पनि प्रतिस्पर्धि र रिलायबल बनाउंदै निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

सांग्रिला होटेल लाजिम्पाटमा आयोजना गरिएको अन्तरकृया कार्यक्रम नाट्टाका महासचिव रमेश थापाले संचालन गर्नु भएको थियो ।

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार १२:३३ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...