back
NMB ad

पर्यटकीय रिसार्टमा जुवा, सवा पाँच लाख नगदसहित १५ जना पक्राउ

Kumari bank ad

चितवन-मेघौलीमा रहेको एक पर्यटकीय रिसोर्टबाट प्रहरीले पाँच लाख ३० हजार रुपैयाँ नगदसहित कौडा खेल्दै गरेका १५ जनालाई गिरफ्तार गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार नारायणी नगरपालिका वडा नं. १ मेघौली गोलाघाटमा रहेको गोलाघाट रिसोर्टबाट बिहीबार मध्यरातमा उनीहरु समातिएका हुन् ।
रिसोर्टमा जुवा खैल्दै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक नारायण खड्काको नेतृत्वमा गएको टोलीले उनीहरुलाई समाएको हो । प्रहरीले नगदसहित १६ थान कौडा र कौडा खेल्न ओछ्याइएको एक थान तन्ना पनि बरामद गरेको छ । प्रहरीले यसअघि कात्तिक २७ गते पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १ बाट पनि कौडा खेल्ने चारजनालाई समाएको थियो ।
रत्ननरगमा कौडा खेल्नेहरुको साथबाट ५३ हजार सात सय ९० रुपैयाँ बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता चितवन जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७२ मंसिर ४ शुक्रवार २१:५८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...