back
NMB ad

अब एनआइसी एसिया बैंकका ग्राहकले भाटभटेनीमा किनमेल गर्दा छुट पाउने

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंक र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवं क्रेडिट कार्ड मार्फत किनमेल गर्दा छुट पाउनेसम्वन्धी सम्झौता भएको छ।

लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआइसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोलेर इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गर्नुभयो ।

असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने बैंकको भनाइ छ।बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा संचालनमा छन ।

करिब १८ लाख ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद छन्। बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व बुझाएको छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार १८:२० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...