back
NMB ad

जनता बैंकले गर्यो लाभांश घोषणा, कति दिने भयो त शेयरधनीलाई बोनस ?

Kumari bank ad

काठमाडौं । जनता बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार साँझ सम्पन्न २९१ औं बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन ।

बैंकले आ.व. २०७५र०७६ मा एक अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपैयाँ ९४ पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो ।

हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकको प्रस्तावित लाभांश वितरण पश्चात ८ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार २०:५३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...