back
NMB ad

सानिमा बैंकले दिने भयो ८० करोड बोनस सेयर

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई ८० करोड बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज २९ गतेका लागि बोलाएको साधारण सभामा ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गतवर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव सहित साधारण सभाको मिति तय गरेको हो ।

बैठकले १५ औँ वार्षिक साधारणसभा काठमाण्डौको नक्सालमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ । साधारसभामा विशेष प्रस्तावका रुपमा राखिने १० प्रतिशत बोनस सेयर पारित हुनेछ ।

त्यस्तै साधारणसभाले चुक्तापुँजीको ११.०५ प्रतिशतले हुन आउने ८८ करोड ४३ लाख ४९ हजार २८५.४७ रुपैयाँबराबरको (लाभांश करसहित) नगद लाभांशको प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।

२०७६ असोज ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार १२:४८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...