back
NMB ad

सेयर बजारमा खुम्चियो कारोवार, नेप्सेमा झिंनो अंकको सुधार

Kumari bank ad

काठमाडौं । आईतबार १६ दशमलव ५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार झिनो अंकको सुधार देखिएको छ ।

सोमबार नेप्से १ दशमलव ७३ अंकले बढेर १ हजार ४ सय ४० दशमलव ९८ अंकमा कायम भएको छ। १ सय ७० वटा कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता सेयर ४ हजार ६ सय ८४ पटक खरिदबिक्री हुँदा १७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

सोमबार तीनवटा समूहको उपसूचक घटेको छ। जसमध्ये जलविद्युत समूहको उपसूचक शुन्य दशमलव ६८ अंकले, वित्त समूहको उपसूचक शुन्य दशमलव १७ अंकले र म्युचुअल फण्डको उपसूचक शुन्य दशमलव शुन्य ६ अंकले घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १६ दशमलव ५९ अंकले बढेको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक लिमिटेडको १ करोड २५ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९४ प्रतिशतले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ७७ प्रतिशतले गुमाएका छन ।

२०७६ असोज ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...