back
NMB ad

राष्ट्र बैंकले गर्यो ५ खर्ब रुपैयाँ बराबरका पुराना नोट जलाएर नष्ट

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले खर्बौ रुपैयाँ बराबरको पुराना नोट जलाएर नष्ट गरेको छ । केन्द्रीय बैङ्कले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ बराबरको पुराना नोटहरु जलाएर नष्ट गरेको हो ।

राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, ५० र २० का गरि विभिन्न दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७५/७६ सम्ममा एक हजार दरका ५३ अर्ब २३ करोड २० लाख ३८ हजार, ५०० दरका १५ अर्ब ८० करोड २१ लाख २० हजार, २५० दरका ७ हजार ७५० रुपैँया १०० दरका ४ अर्ब १४ करोड ६३ लाख ३७ हजार ४०० रुपैयाँ पुरना, झुत्रा नोट नष्ट गरेको छ ।

त्यसैगरी, ५० दरका २ अर्ब २५ करोड २२ लाख २ हजार १५०, २५ दरका १ लाख ३६ हजार ८०० ,२० दरका ८४ करोड ९१ लाख २१ हजार १६०, १० का ४६ करोड ५७ लाख ३८ हजार २४०, ५ दरका २० करोड ९१ लाख ३९ हजार ८३५, २ का १ लाख ५३ हजार ८५० र १ दरका ३४ हजार २२ रुपैँया पूराना नोट जलाएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा राष्ट्र बैङ्कले ४ खर्ब १७ अर्ब ८० करोड रुपैँया जलाएर नष्ट गरेको थियो ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार ०८:३६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...