back
NMB ad

सनराइज फस्टको १० करोड युनिट म्युचुअल फन्ड भोलिदेखि खुल्दै

Kumari bank ad

काठमाडौं । सनराइज क्यापिटलले भोलि (असोज ८ गते) देखि ‘सनराइज फस्ट म्युचुअल फन्ड’ को १० करोड इकाई (युनिट) बिक्री खुला गर्दैछ ।

फन्डले १५५ (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यसमा असोज १२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहनेछ ।

सनराइज फस्र्ट म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

यस फन्डको इकाईमा लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन ।

यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो स्कीम हो । पुँजी बजारमा म्युचुअल फन्ड थपिने क्रम बढेको छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार ०९:०२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...