back
NMB ad

५५ हजार नेपाली जापानमा बसोबास गर्दै

Kumari bank ad

टोकियो । अध्ययन, व्यापार र कामका लागि जापानलाई नेपालीहरुले आकर्षक गन्तव्यका मान्दै आएका छन्। यही कारण जापानमा नेपालीको संख्या उल्लेख वृद्धि भइरहेको देखिएको छ।

जापानको न्याय मन्त्रालयको ताजा तथ्याङ्कअनुसार काम र अध्ययनका लागि आउने नेपालीको संख्या करिब ५५ हजार पुगेको छ। गत डिसेम्वर अन्तिमसम्मको तथ्याङ्क सार्वजनिक गर्दै जापानमा बसोबास गर्ने नेपालीको संख्या ५४ हजार ७७५ जना पुगेको मन्त्रालयले जनाएको हो।

नेपालीहरुको यो संख्या जापानमा बसोबास गर्ने विदेशीमध्ये छैटौं हो। अमेरिकालाई पछि पार्दै नेपाल छैटौं स्थानमा उक्लिएको हो। यस अघि सार्वजानिक जनसंख्यामा नेपालीको जनसंख्या सातौं थियो। अमेरिकी छैटौं स्थानमा थिए।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी चिनियाँ छन्। त्यसपछि कोरियन, फिलिपिन्स, ब्राजिलयन र भियतनामी क्रमशः दोस्रोदेखि पाचौं स्थानसम्म छन्। गत जुन महिनासम्मको तथ्यांक अनुसार छैटौं स्थानमा अमेरिकन नागरिक रहेको भए पनि डिसेम्बरसम्म नेपालीको संख्या बढेर छैटौं स्थानमा पुगेको न्याय मन्त्रालयले जनाएको छ।

नयाँ तथ्याङ्कमा सबैभन्दा धेरै चिनिया नागरिक ६ लाख ६५ हजार ८४७ जना, दोस्रोमा कोरियन ४ लाख ५७ हजार ७७२, फिलिपिनी २ लाख २९ हजार ५९५, ब्राजिलयन एक लाख ७३ हजार ४३७ तथा भियतनामी एक लाख ४६ हजार ९५६ रहेका छन्।

प्रकाशितः २०७२ चैत्र १२

वि.सं.२०७२ चैत १२ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...