back
NMB ad

दुई वर्षसम्म यो सरकारलाई कसैले ढाल्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधकुमार नेपालले वर्तमान सरकार अझै २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर यूनियन ( यूनिट्राभ) अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिबेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए ।

यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको उनको दाबी थियो ।

नेपालले भने, ʽकांग्रेस सभापति शेरबहादुर देउवा ३ चोटी प्रधानमन्त्री भईसक्नुभएको छ, उहाँ किन सरकारमा जानुपर्यो ? सरकार दुई वर्ष टिक्छ । संबिधानको कार्यान्वयन पनि यहि सरकारले गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ । कांग्रेसले पनि यहि सरकारमा आएर सहयोग गर्नुस् ।ʼ

पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराका छन् । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले श्रम कानुन अन्तर्गत रहेर मजदुरलाई आफ्ना हक, अधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्विकार्ने बताए ।

कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरि श्रमिजिवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रुपान्तरण गर्नुपर्ने बताए ।

यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एक्काइसौं शताब्दीमा पनि ठेक्कामार्फत मानव बेचबिखन र श्रमशोषणको अन्त्य गर्नुपर्न बताए । उनले भने, ʽनेपाल एयरलाईन्समा ठेक्कापट्टाको सट्टा सिधा भुक्तानी गर्नेगरि श्रमिकको स्थायी नियुक्ति दिनुपर्यो । ʽसंबिधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनपर्यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।ʼ नेपालको एयरपोर्टको सुधार गरेर बढिभन्दा बढि पर्यटक ल्याउनुपर्ने उनको भनाई थियो ।

चौथो अधिबेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बयानसिंह राई , रंजनराज ढुंगाना, रवि चापागाई, कुमार गिरी र बासु भण्डारी चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा रुपनारायण ढुंगाना चयन भएका छन् ।

१२ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत १२ शुक्रवार १५:४० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...