back
NMB ad

विद्यालयको कम्प्युटर र प्रोजेक्टर शिक्षकको घरमा, फोटोकपी मेसिन र इन्भर्टर गायब

Kumari bank ad

काठमाडौं । कैलालीको भजनी नगरपालिका–४ खैलाडस्थित राष्ट्रिय माविका लागि खरिद गरिएका कम्प्युटर र प्रोजेक्टर शिक्षकको घरमा भेटिएको छ ।

२०७५ साउनमा खरिद गरिएका शैक्षिक सामग्री विद्यालयमा नभएपछि खोजबिन गर्दा एउटा कम्प्युटर पूर्वप्रधानाध्यापक बालासिंह खत्री र प्रोजेक्टर प्लस टु संयोजक मथुरा चौधरीको घरमा भेटिएको हो ।

खरिद गरिएको फोटोकपी मेसिन र इन्भर्टर पनि विद्यालयमा छैन, तर कसले लगेको पत्तो लाग्न सकेको छैन । खत्री प्रअ छँदा विद्यालयले ६ कम्प्युटर, एक ल्यापटप, एक फोटोकपी मेसिन, एक प्रोजेक्टर र एक इन्भर्टर गरी ६ लाखका सामग्री खरिद गरेको कोटेसन र बिल भर्पाईमा देखिन्छ ।

तर, चार लाख २० हजार मूल्यका सामग्री विद्यालयमा नभएको हालका प्रधानाध्यापक सुरेश कठरियाले बताउनुभयो । ‘म गत १३ जेठमा मात्रै हाजिर भएको हुँ, विद्यालयको खातापाता हेर्दा जता पनि अनियमितता देखिन्छ ।

विद्यालयले कोटेसन बनाएको र बिलसमेत भर्पाई भइसकेका सामान छैनन् । कहीँ बक्यौता देखिन्छ, कहीँ पेस्की बेरुजु देखिन्छ,’ प्रअ कठरियाले भन्नुभयो, ‘खोजबिन गर्दा एक थान कम्प्युटर पूर्वप्रअ बालासिंह खत्रीको घरमा र प्रोजेक्टर प्लस टु संयोजक मथुरा चौधरीको घरमा भेटियो । इन्भर्टर र फोटोकपी मेसिन अझै फेला परेको छैन ।’ भेटिएका सामग्री फिर्ता गर्न ताकेता गरिरहेको उहाँले बताउनुभयो ।

पूर्वप्रअ खत्रीले पूर्वलेखापाल जगदीशकुमार महतोसँग मिलेर आर्थिक अनियमितता गरेको शिक्षक बाधुराम चौधरीको आरोप छ । ‘लेखापाल महतो प्रअको आफन्तजस्तै थिए । मिलेर अनियमितता गरे,’ चौधरीले भन्नुभयो ।

विद्यालयले टीकापुरस्थित एभरेस्ट कम्प्युटर सेल्स एन्ड सप्लायर्सबाट १० साउन ०७५ मा ती सामग्री खरिद गरेको बिल विद्यालयमा पेस भएको छ । विद्यालयको नगद ठेली रसिदमा हस्ताक्षरविना विद्यार्थीसँग पैसा उठाएकोसमेत भेटिएको प्रअ कठरियाले बताउनुभयो ।

विद्यार्थीबाट पैसा लिएको देखिए पनि हरहिसाब नराखिएको उनको भनाइ छ । जगदीशकुमार महतोभन्दा पहिलाका लेखापाल वीरबहादुर चौधरीले पनि ३९ हजार हिनामिना गरेको तीन वर्षअघिको सामाजिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयलको अहिलेसम्म २२ लाख १४ हजार बक्यौता र ११ लाख ६५ हजार पेस्की असुली गर्न बाँकी छ । विद्यालयको निर्माणाधीन २४ लाखको चारकोठे भवन र आठ लाखको दुईकोठे शौचालयमा पनि आर्थिक अनियमितता भएको भन्दै गत वर्ष उजुरी परेको छ ।- नयाँ पत्रिकाबाट

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ०९:४२ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...