back
NMB ad

उपनिर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने सहमति

Kumari bank ad

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा दुवै पार्टीका नेताबीच भएको छलफलमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

लिखित सहमति नभएपनि मौखिक रुपमा यसअघिको चुनावमा जुन पार्टीले जहाँ जितेको थियो, त्यही सिटमा समर्थन गर्ने गरी गठबन्धन गर्ने सहमति भएको राजमोका अध्यक्ष चित्रबहादुर केसीले लोकान्तरलाई जानकारी दिनुभयो ।

यसअघिको प्रदेशसभा सदस्य निर्वाचनमा वाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधन भएका कारण गण्डकी प्रदेशसभा सिटमा उपनिर्वाचन हुँदैछ ।

यसअघि जितेको सिटमा नेकपाले जनमोर्चालाई सघाउने गरी छलफल भएको अध्यक्ष केसीले बताउनुभयो ।यसअघिको निर्वाचनमा नेकपाले जितेका सिटमा जनमोर्चाले पनि नेकपालाई सघाउने सहमति भएको जनाइएको छ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार १५:२८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...