back
NMB ad

वाणिज्य बैंकले सार्वजनिक गर्यो कर्जाको नयाँ ब्याजदर, कुनमा कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । शुक्रबार अर्थात् कात्तिक १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको बैंकले विभिन्न कर्जाको नयाँ ब्याजदर लागू गरेको हो ।

बैंकले असोज महिनाको आधारदर (बेसरेट) ६.६० प्रतिशत भएको विवरण सार्वजनिक गरेको छ । र, यसै बेसरेटमा सम्बन्धित रहेर विभिन्न शीर्षकका कर्जामा भिन्दा–भिन्दै किसिमको प्रिमियम थप गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

वाणिज्य बैंक कर्जाका लागि सबैभन्दा सस्तो बैंक हो । बैंकले घर किन्न ९ प्रतिशतदेखि ११.५ प्रतिशतको ब्याजदरमा घर कर्जा दिनेछ भने ९.६० प्रतिशतदेखि १०.६० प्रतिशतमा गाडी खरिद गर्न कर्जा दिनेछ ।

तर विद्युतीय गाडी किन्नु परेमा ८.६० प्रतिशत ब्याजदरमा ऋण दिनेछ । त्यस्तै, सेयर धितो राखेर बैंकले १० प्रतिशतदेखि १२ प्रतिशतसम्म कर्जा दिनेछ ।

वाण्ज्यि बैंकबाट चालु पुँजी कर्जा अन्तर्गत ओभर ड्राफ्ट, हाइपोथिकेसन, धितो कर्जा, आवधिक कर्जा अन्तर्गत औद्योगिक व्यापारिक, हाउजिङ रियरलस्टेट कर्जा लिन ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने छ ।

त्यस्तै, सुन धितोमा कर्जा लिन १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । भने सरकारी धितो सुरक्षण राखेर भने ९.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

बैंकले प्राथमिकप्राप्त क्षेत्रमा १०.६० प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । विपन्न वर्ग कर्जा अन्तर्गत व्यक्तिगततर्फ ९ प्रतिशत, संस्थागततर्फ ८.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

सहुलियतपूर्ण कर्जाका लागि ८.६० प्रतिशत, टीआर/आयात कर्जाका लागि ८.६० प्रतिशत ब्याजदर लागू हुनेछ । बैंकले निर्यातका लागि भने धेरै नै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले निर्यातका लागि ७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

व्यक्तिगत कर्जा (पीजी लोन)का लागि भने बैंकले ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज लिनेछ । अर्को आधारदर प्रकाशित नभएसम्मका लागि बैंकले शुक्रबार प्रकाशित गरेको ब्याजदर लागू हुने जानकारी दिएको छ ।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक १५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १०:५४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...