back
NMB ad

अब विद्यार्थीलाई अनिवार्य बैंक खाता

Kumari bank ad

काठमाडौं । विद्यालय उमेरका सबै विद्यार्थीको बैंक खाता अनिवार्य गरिएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विद्यार्थीको बैंक खाता अनिवार्य गरेको हा ।

बैंकमार्फत कारोबार गर्न र रकम बचत गर्ने बानी विकास गर्न यस्तो नीति ल्याएको गाउँपालिकाको दाबी छ । चालु आर्थिक वर्ष्भित्र गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीको अनिवार्य बैंक खाता खोल्न पत्राचार गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

‘सबै वित्तीय संस्थाले बाल बचतमा शून्य मौज्दातमा खाता खोल्ने गर्छन,’ उनले भने, ‘यसले आर्थिक पारदर्शितालाई सहयोग र्पुयाउनेछ ।’

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई अभिभावक संरक्षक रहने गरी खाता खोलेपछि मात्र स्थानीय तहबाट पाउने सुविधा प्राप्त हुनेछ । स्थानीय तह र केन्द्रबाट शिक्षा तथा खेलकुदका लागि आउने छात्रवृत्ति, पोसाक,पाठ्यपुस्तक र खाजाखर्च अब सोझै विद्यार्थीको खातामा जम्मा गरिनेछ ।

आजको कान्तिपुरमा खबर छ–स्थानीय तहमार्फत विद्यालयमा जाने रकम विद्यालयले अन्य शीर्षकमा खर्च गरेर न्यून रकम मात्र विद्यार्थीलाई दिने गरेको गुनासो बढ्न थालेपछि स्थानीय तहले यस्तो कदम चालेको हो ।

‘जसका लागि रकम निकासा भएको हो, उसैको हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले भने, ‘विद्यार्थीको खाजा खर्च कटाएर कार्यालय सजाउने र अन्य काम गर्न पाइँदैन ।कान्तिपुर दैनिकमा समाचार छ ।

बिल भर्पाई मात्र मिलाएर सुशासन नहुने भएकाले लक्षित वर्गलाई नै सोझै रकम र्पुयाउन बैंकिङ प्रणाली सुरु गर्न लागेका हौं ।’
सीमावर्ती क्षेत्र भएकाले यहाँका केही अभिभावकको नागरिकता नभएको तर छोराछोरी भने विद्यालयमा अध्ययनरत रहेकाले उनीहरूको बैंक खाता खोल्न समस्या हुने आदर्श माध्यमिक विद्यालय सरावलका प्रधानाध्यापक देवनारायण चौधरीले बताए ।

‘आर्थिक पारदर्शिताका लागि यो निकै राम्रो काम हो । हामीले पनि करिब ९० प्रतिशत विद्यार्थीको बैंक खाता खोलिसक्यौं,’ उनले भने, ‘सीमावर्ती क्षेत्रका अभिभावकको नेपाली नागरिकता र बालबालिकाको जन्मदर्ता पनि नभएकाले केहीमा समस्या देखिएको छ ।’ सरावल गाउँपालिकाका १६ सामुदायिक विद्यालयमा ५ हजार २ सय विद्यार्थी अध्ययनरत छन ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार ०८:२९ मा प्रकाशित

You can share this post!

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...