back
NMB ad

शिक्षा मन्त्रालयले माग्यो १० विषयका लागि छात्रवृत्तिमा दरखास्त (सूचना सहित)

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विएस्सी नर्सिङ, बिएनएस, बि फार्मेसी, बिपिएचलगायतका १० विषयमा छात्रवृत्तिका अनलाइन दरखास्त आह्वान गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृत्ति सिट कायम गरिएका शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्तिका लागि दरखास्त दिन सक्ने छन।

मन्त्रालयले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पसहरु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका निजि शिक्षण संस्थामा १० प्रतिशत तथा विदेशी लगानीका निजि शिक्षण संस्थामा २० प्रतिशत प्राप्त हुने विभिन्न १० विषयका लागि छात्रवृत्तिमा दरखास्त मागेको हो ।

मन्त्रालयको छात्रवृत्ति शाखाले सूचना जारी गर्दै दरखास्त दिन चाहने विद्यार्थीले जुन विश्वविद्यालय, प्रतिष्ठान र विषयका लागि योग्यताक्रम कायमका लागि दरखास्त दिन चाहेको हो सोही विषयमा सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानले २०७६ मा संचालन गरेको सो विषयको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याइ उर्तीण गरेको हुनुपर्ने जनाएको छ ।

अनलाइन आवेदन scholarship.moest.gov.np  मा लग इन गरी भर्न सकिने मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् सूचना :

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...