back
NMB ad

विहीबारबाट ६२ हजार कित्ता सेयर लिलामीमा ल्याउँदै वोमी लघुवित्त

Kumari bank ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ६२ हजार १८३.८० कित्ता सेयर बिहीबर कात्तिक २१ गते देखि लिलामीमा ल्याउने भएको छ । यसमा सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन।

यसअघि कम्पनीले असोज ६ गतेदेखि १३ गतेसम्म संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

त्यसबेला सर्वसाधारण समूहको सबै कित्ता बिके पनि संस्थापक समूहमा भने १४ हजार ५२० कित्तामा मात्र आवेदन परेपछि संस्थापक तर्फको बाँकी रहेको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामीमा ल्याइएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं तथा वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सकिनेछ ।

सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...