काठमाडौं । जनता बैंकसँग मर्जर प्रक्रियामा रहको ग्लोबल आइएमई बैंकको नाफा चालू आवको तीन महीनामा ४० प्रतिशत वृद्धि भएको छ ।
बैंकले सो अवधिमा रू. ७५ करोड ३१ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा रू. ५३ करोड ५८ लाख थियो ।
बैंकको वितरणयोग्य नाफा रू. २१ करोड ११ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो ।
गत आवको नाफाबाट बैंकले शेयरधनीलाई १२ दशलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितको लागि मङ्सिर २ गते साधारण सभा आयोजना गरेको छ ।
चालू आवको तीन महीनामा बैंकले रू. १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १ अर्ब ४ करोड पुगेको छ ।
चुक्तापूँजी रू. १० अर्ब ४३ करोड छ । रिजर्भ कोषमा रू. ४ अर्ब १३ करोड जम्मा भएको छ । चालू आवको तीन महीनामा बैंकले रू. १ खर्ब २८ अर्ब निक्षेप संकलन भएको छ भने रू. १ खर्ब १८ अर्ब कर्जा प्रवाह भएको छ ।
प्रतिशेयर आम्दानी रू. २८ दशमलव ८७, मूल्य आम्दानी अनुपात १० दशमलव २२, तरलता अनुपात २२ दशमलव ६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ६५ दशमलव ७० रहेको छ ।
२०७६ कात्तिक १९ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १९ मंगलवार १४:१७ मा प्रकाशित