back
NMB ad

एभरेष्ट बैंकको एटिएम बन्द हुने !

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकको एटिएम केही घन्टाका लागि बन्द हुने भएको छ । बैंकका अनुसार एटिएम मेसिनहरु र कार्डबाट हुने कारोबार बुधबार (कात्तिक २० गते) साँझ ८ बजेदेखि बिहीबार बिहान ४ बजेसम्म बन्द हुनेछ ।

बैंकले एटिएम तथा कार्डबाट हुने सम्पूर्ण कारोबारलाई अझै विश्वसनीय बनाउनका लागि हाल सञ्चालनमा रहेको स्विच प्रणालीलाई नयाँ प्रणालीमा परिवर्तन गर्न लागिएकाले एटिएम सेवा बन्द हुने भएको हो ।

यस्तै, बैंकले अबदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द हुने पनि बताएको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा अबदेखि चिप कार्ड लिन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।

केही समयअघि मात्रै ह्याकरहरुले विभिन्न बैंकका एटिएम ह्याक गरी करोडौं रुपैयाँ लुटेका थिए ।त्यसपछि बैंक तथा वित्तीय संस्थाहरु थप सुरक्षा सतर्कता अपनाउन लागेका हुन।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...