back
NMB ad

उपत्यकाका यी चार स्थान : जहाँ आठ आनाभन्दा कम जग्गा किनबेच र नक्शापास गर्नै पाइन्न

Kumari bank ad

काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका चार ठाउँमा आठ आनाभन्दा कम जग्गा किनबेच र नक्शापास नगर्न भनेको छ ।

नयाँ शहर बसाल्न र व्यवस्थित गर्न ‘स्याटेलाइट सिटी’ निर्माणको योजना बनिरहेकोले उपत्यकाका चार दिशामा पर्ने झण्डै एक लाख ३० हजार रोपनी जग्गा किनबेच गर्दा आठआना भन्दा कम किनबेच नगर्न र नक्शापास नगर्न भनेको हो ।

चार शहरमध्ये ‘इशान’ शहर बन्ने क्षेत्र भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार, मनोहरा पुल, साँखु बजार र साँखु जाने मूल सडकभित्रको जग्गा रहेको छ ।

दोश्रो ‘आग्नेय’ शहर भक्तपुरको सूर्य्विनायक चोक, खहरे खोला, बालकोट, बिरुवा, पानी ट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्ग, सिलामखाल, रानीकोट , अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म भित्रको जग्गामा बन्ने छ ।

‘उत्तर’ नामाकरण गरिएको तेश्रो शहर सामाखुसी, टोखा सडक, बाइपास, काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडक, सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटो, ग्रिननल्यान्ड चोक हुँदै महादेवखोला काभ्रेस्थली मूल सडक भित्र बन्ने छ ।

चौंथो शहरका रुपमा प्रस्तािवित ‘नैऋत्य’ शहर ललितपुरमा पर्छ । खोकना, बुङमति, छम्पी जाने बाटो, वागमती नदीको किनार हुँदै सैँबुसम्मको क्षेत्रफलमा फैलने छ ।

ईशान शहर एक लाख रोपनी र अन्य तीन शहर १० हजार रोपनी गरी चार शहरको कूल क्षेत्रफल एकलाख ३० हजार रोपनी रहने प्राधिकरणका आयुक्त भाइकाजी तिबारीले बताए ।

निर्धारीत क्षेत्रमा ८ आनाभन्दा कम जग्गाको कित्ताकाटमा रोक लगाएको सरकारले नयाँ भवन निर्माणको अनुमति पनि नदिन भनेपनि स्थानीय तहहरुले त्यसको पालना नगरी धमाधम सिफारीस दिएकोले सर्वसाधारणलाई सचेत हुन प्राधिकरणले सूचित गरेको छ ।

उत्तर बाहेक अन्य शहरको बिस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माण भइसकेकोले सबैको डीपीआर प्राप्त भएपछि योजनावद्ध शहर निर्माणका लागि निर्णय गरेर स्थानीयको जग्गा एकीकरण गर्ने काम गरिने प्राधिकरणले जनाएको छ ।

एकीकरण गरिएको जग्गामा विभिन्न पूर्वाधारहरु विकास गरेर स्थानीयलाई नै हस्तान्तरण गर्ने सरकारी योजना छ ।प्रस्तावित शहरमा साइलक ट्रयाकसहितको सडक, पार्क, प्रशस्त खुला क्षेत्र, खेल मैदान सहित खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत व्यवस्थित शहरका लागि हुनुपर्ने सबै पूर्वाधार रहने छन् ।

पूर्वाधार विकासको लागि कूल २ खर्ब ४० अर्ब खर्च लाग्ने अनुमान गरिएका ति शहर १० वर्षमा तयार हुने र पाँच लाख मानिस बस्नसक्ने जनाइएको छ ।

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १२:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...