back
NMB ad

अन्तिम दिन पनि बढेन सेयर बजार, ६ अंकको गिरावट

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार बढ्न सकेन । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ६ अंकको गिरावट आएको छ ।

आज नेप्से ६.०५ अंकले घटेर एक हजार एक सय ३१.९७ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.४० अंकले घटेर २४८.३१ अंकमा पुगेको छ ।

बिहिबार बजारमा १६३ कम्पनीका १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन बजारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने आठ समूह ओरालो लागेका हुन ।
बिहीबार बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ११ करोड २६ लाख ४३ हजार २७३ रुपैयाँका कारोबार भएको हो ।

नेप्से घटेको दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रिदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.१९ प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...