back
NMB ad

युवा स्वरोजगारका लागि ‘एक स्थानीय तह’ ‘एक उद्योगग्राम’ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभएको छ ।

सामुदायिक विद्यालय सुधार कार्यक्रमको परिणामहरु देखिन थालेकाले नीजि विद्यालयहरु आफै विस्थापीत हुने पनि उहाँको भनाई थियो ।

शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा रहेको सेतीदेबी शारदा माविको नबनिर्मीत भवन उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालय स्थापित र नीजि बिद्यालय बिस्थापित हुने बताउनुभयो ।

सामुदायिक बिद्यालय सुधार्न शिक्षकहरुको पहिलो महत्वपुर्ण भुमिका हुने पनि उहाँले स्पष्ट पार्नुभयो । सामुदायिक बिद्यालयमा पढाउने शिक्षकहरुले पनि सामुदायिक विद्यालयको महत्व बुझे परिबर्तन छिट्टै प्राप्त हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी उहाँले समानुपातिक बजेट वितरण अव्यवहारिक हुने भन्दै समानुपातिक विकासको अवधारणालाई अवलम्बन गर्न पनि उहाँको सुझाब थियो । उहाँले भन्नुभयो–‘ सबैलाई खुशी पार्ने नाममा हाम्रो बजेट छर्ने परम्परा छ, यो रोक्नुपर्छ ’ ।

मुख्यमन्त्री पौडेलले विकास निर्माण र जनताको सेवाको कार्यलाई संगसंगै लगिरहेको भएकाले कतिपय अवस्थामा सरकारको काम अदृश्य भएको भन्दै परिणाम देखिने बेला आउदै गरेको बताउनुभयो ।

‘राजनीतिक व्यवस्था परीवर्तन भएपनी आफै परीवर्तन भएनौ, काम गर्ने शैली परीवर्तन नभएर हामी अगाडि बढ्न गाह्रो भैरहेको छ’ उहाँले भन्नुभयो । पौडेलले कृषिलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउदै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन बजार, प्रशोधन स्थल, बिक्री केन्द्र जस्ता आवश्यकताहरुको तत्काल परिपूर्ति गरिने बताउनुभयो ।

उहाँले नेपालमा नै रोजगारको अवसर प्राप्त हुन थालेको भन्दै हरेक नागरिकहरु आफै उत्पादन बृद्धि गर्ने बाटोतर्फ लाग्नुपर्ने बताउनुभयो । सरकारले पनि रोजगार र उत्पादनलाई विशेष रुपमा ध्यान दिएको उहाँले बताउनुभयोे ।

यसैगरी प्रदेशले युवालाई स्वरोजगार बनाउने उद्देश्यले एक स्थानीय तह एक उद्योगग्राम खोल्ने बताउनुभयो । सरकारले यूवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान सुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । शुक्रबार नै मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा आयोजित बिभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुनुभएको थियो ।

२०७६ कात्तिक २३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०७:५९ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...