back
NMB ad

मिर्गौला पिडित श्यामकुमार बुढाथोकीलाई टानले उपचार गर्ने

Kumari bank ad

काठमाडौँ । ढेड दशकअघि बाध्यताले मिर्गौला बेचेपछि बिरामी पर्न थालेका  काभ्रेपलाञ्चोक जिल्ला होक्से गाविस जोरपिपलका श्यामकुमार बुढाथोकीको उपचारमा ट्रेकिंग एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले सघाउने भएको छ ।

२०७२ चैत्र १४ गते साँझ न्युज २४ टेलिभिजनमा प्रशारण भएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै टानका अध्यक्ष चन्द्र रिजालद्वारा जारी बिज्ञप्तिमा बुढाथोकीको उपचारमा बढीमा ५० हजार रुपिया सम्म सघाउने उल्लेख छ ।

बुढाथोकी  मिर्गौला बेचेपछि बिरामी पर्न थालेको र गत कार्तिकदेखि उनी पक्षघातबाट थला परेका थिए ।  ७१ वर्षीय आमाको वृद्धभत्ताबाट दुईछाक टार्दै आएका उनलाई सरकारी अस्पतालमा उपचार गर्नका लागि जानसमेत खर्च नभएको समाचारमा उल्लेख थियो ।

अध्यक्ष रिजालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘समाचार ले हामीलाई दुखी तुल्याएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत मानवीय संवेदनालाई समेत ख्याल गरी तत्कालका लागि पीडित बुढाथोकीलाई होक्सेबाट काठमाडौं ल्याई सरकारी अस्पतालमा उपचारका लागि पहल गर्ने र त्यसका लागि अधिकतम रु ५०,००० (अक्षेरुपी पचास हजार) सम्म सहयोग उपलब्ध गराउने जानकारी गराउन चाहन्छौ ।’ साथै निजको उपचारका लागि हरसम्भव सहयोग पुराउने समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।

१६ चैत २०७२ / १२:२९

 

वि.सं.२०७२ चैत १६ मंगलवार १२:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...