back
NMB ad

बैंकहरुले सार्वजनिक गर्न थाले वित्तिय विवरण, कस्को नाफा कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्न थालेका छन । २८ वटा वाणिज्य बैंक मध्ये ८ वटा बैंकले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन ।

सार्वजनिक वित्तिय विवरण अनुसार ५ वटा बैंकको नाफा सन्तोषजनक देखिन्छ भने ३ वटा बैंको नाफा घेटेको देखिन्छ । चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासमा ८ वटा वाणिज्य बैंकले ४ अर्ब २४ करोड ८९ लाख ३१ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको यसै अवधिको तुलनामा १.७८ प्रतिशतले बढी हो ।

गत आवको पहिलो त्रैमासमा यी बैंकहरुको नाफा ४ अर्ब १७ करोड ४३ लाख ७२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आवको भन्दा चालु आवको पहिलो त्रैमासमा बैंकहरुको नाफामा अपेक्षाकृत सुधार भने देखिएको छैन ।

पहिलो त्रैमासको रिपोर्ट अनुसार नेपाल बैंकको नाफा ३६.३३ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको १८.५७ प्रतिशत र सिद्दार्थ बैंकको नाफा ०.६९ प्रतिशतले गिरावट आएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेको बैंकहरुमा सबैभन्दा बढी नाफा आर्जन बैंंकमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले ४०.५५ प्रतिशत नाफा बढाएको छ ।

अहिलेसम्म रिपोर्ट अनुसार दोस्रो स्थानमा सनराइज बैंक रहेको छ । सनराइज बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३७.०६ प्रतिशतले नाफा बढाएको छ । यस्तै सानिमा १४.४०, जनता बैंकको नाफा १३.९६, प्रभु बैंकको ५.०१ प्रतिशतले नाफामा सुधार देखिएको छ ।

हेर्नुहोस सुचि


२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:३७ मा प्रकाशित

You can share this post!

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...