back
NMB ad

सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्छ : मन्त्री अर्याल

Kumari bank ad

विरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताउनुभएको छ । पर्साको विरजञ्जमा आयोजीत पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आइपुग्नु भएको हो ।

भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेख पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भन्नुभयो, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’

आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्नेक समेत बताउनुभयो । ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उहाँले भन्नुभयो ।

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिंने उहाँको भनाइ थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’

लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडी बढिरहेको बताउदै मन्त्री अर्यालले भन्नुभयो ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन । कामको प्रतिफल देखिने गरी काम गर्छ ।’

सरकारले गरेका राम्रा कामको भने सहि प्रचार हुन नसकोको उहाँको गुनासो छ । राम्रा कामको ठोस कुरा जतनामा लान पार्टी कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ आग्रह गर्नुभयो ।

स्थानीय पार्टीका नेता कार्यकर्ताले उठाएका सवालहरुलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफूले पनि निगरानी राख्ने बताउनु भयो । जनअपेक्षा विपरित भएको कुनै काम आफूलाई मान्य नहुने भन्दै मन्त्री अर्यालले पार्टीका नेता कार्यकर्ताबाट पनि सकारात्मक सुझाव हुनुपर्ने बताउनुभयो ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार १२:०१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...