back
NMB ad

कृषि विकास बैंकको नाफा ५५ करोड १४ लाख

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आवको तीन महिनामा रु ५५ करोड १४ लाख ६१ हजार नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु १ खर्ब २३ अर्ब ५४ करोड ६७ लाख निक्षेप संकलन गरी रु १ खर्ब ११ अर्ब ४६ करोड ५७ लाख कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ३ दशमलव १५ प्रतिशतले बढाउँदा कर्जा लगानी शुन्य दशमलव ६० प्रतिशतले बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले रु १ खर्ब १९ अर्ब ७६ करोड ३४ लाख निक्षेप संकलन गरी रु १ खर्ब १० अर्ब ७९ करोड ७१ लाख कर्जा लगानी गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा रु १ अर्ब ८१ करोड ६६ लाख खुद व्याज आम्दानी गरेको बैंकले रु १५ करोड १४ लाख खुद व्याज आम्दानी घटाउँदै चालु आर्थिक वर्षको सोही अवधिमा रु १ अर्ब ६६ करोड ५१ लाख मात्र व्याज आम्दानी गरेको हो ।

बैंकको वितरणयोग्य नाफा भने रु २६ करोड १७ लाख ९५ हजार छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा, प्रतिसेयर मूल्य २६३ रुपैयाँ ६५ पैसा छ ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...