back
NMB ad

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा !

Kumari bank ad

गोरखा । हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् । तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ ।

आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेका हुन् ।

‘आज पहिलो दिन भएकाले हामीले नियमानुसार गरेका र नगरेका सबै चालकलाई खादा लगाएर फूल दियौँ, भोलिदेखि भने नियम मिच्ने चालकलाई पहिले खादा लगाइदिन्छौँ अनि थप कारबाही गर्छौँ’, एसपी ओम अधिकारीले भन्नुभयो, ‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास लिएका छौँ ।’

ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरु गरिएको उहाँको भनाइ छ । कतिपय सवारी चालकलाई प्रहरीका लागि नियम पालन गर्दिनुपर्छ भन्ने लाग्ने गरेको भन्दै एसपी अधिकारीले भन्नुभयो, ‘नियम पालन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम कम हुन्छ भन्ने बुझ्न सकेमात्रै पनि सवारी दुर्घटनाबाट हुने मानवीय क्षति निकै कम गर्न सकिन्छ ।’

नियमविपरीत सवारी चलाउनेलाई प्रहरीमात्र नभै यात्रु र अन्य नागरिकले पनि खवरदारी गर्नु पर्ने उहाँको भनाइ छ । ‘तपाईँ कुनै बसमा यात्रा गरिरहनु भएको छ, ड्राइभरले सहचालकलाई गाडी चलाउन दियो भने चुप लागेर बस्ने होइन नि, प्रहरीलाई खबर गर्नु तपाईँको कर्तव्य हो’, कार्यक्रममा सहभागी यात्रुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा बसमा यात्रा गरिरहेका बीसौं यात्रुको जिम्मा लिएर हिँडेका चालकलाई गल्ती गर्ने छुट हामीले दिनुभएन ।’

ट्राफिक नियम पालनामा कडाइ गरेपछि जिल्लामा सवारी दुर्घटनाको क्रम घटेको ट्राफिक प्रहरी प्रमुख शुकबहादुर विकले बताउनुभयो । ‘यो वर्षको चाडबाडलाई दुर्घटनारहित बनाउने भनेर लागेका थियौं, हामी त्यसमा सफल पनि भयौँ’, उहाँले भन्नुभयो, ‘अरु कारण भन्दा पनि चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने देखिएको छ, त्यसलाई सुधार्न विभिन्न अभियान चलाइरहेका छौँ ।’

त्यही क्रममा नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु गरिएको उहाँको भनाइ छ । आम नागरिक सचेत र जागरुक नभएसम्म प्रहरी एक्लैले सवारी दुर्घटना कम गर्न नसक्ने उहाँको भनाइ छ ।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १५:१३ मा प्रकाशित

You can share this post!

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...