back
NMB ad

बैंकका शेयरधनीहरुलाई रकम बुझ्न एनआईसी एशियाको आग्रह

Kumari bank ad

काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटलबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको छ ।

साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

आ.व. २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीहरुलाई बैंकले अनुरोध गरेको छ ।

विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेभसाईटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एन आई सी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझीबाट प्राप्त गर्न सकिनेछ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १६:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...