back
NMB ad

नेपाल बैंकलाई २१औं शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न आवश्यक : अर्थमन्त्री

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औं शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन।

बैंकको ८३औं वार्षिकोत्सवका अवसरमा शनिवार यहाँ आयोजित कार्यक्रममा उनले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताए ।

उनले भने, ‘लामो समयसम्म ऋणात्मक पूँजीकोष र उच्च खराब कर्जा अनुपातका कारण संकटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।’

जनताको निक्षेपमा खेलबाड नगर्न निर्देशन दिँदै उनले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न अनुरोध गरे । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न आह्वान गरे ।

मन्त्री खतिवडाले नेपाल बैंक संग्रहालय, देशका विभिन्न भागमा स्थापना भएका १८ ओटा शाखा र दुई ओटा ‘एक्स्टेन्सन काउन्टर’को दूरनियन्त्रणा प्रणालीबाट उद्घाटन गर्नाका साथै बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडीलगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संस्थागत सुशासनमा कडाइ गर्न, कर्जा प्रवाह वृद्धि गर्दै रोजगारीका अवसर सिर्जनामा ग्रामीण भेगका जनतालाई मद्दत गर्न नेपाल बैंक अग्रणी भूमिकामा रहनुपर्ने सुझाव दिंदै वित्तीय पहुँच नपुगेका स्थानमा सेवा र्पुयाउन अनुरोध गरे ।

उनले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिंदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताए ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकका प्रगति विवरण प्रस्तुत गर्दै देशको औद्योगिक, व्यापारिक एवं आर्थिक वृद्धिमा सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताए । रासस

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १५:०१ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...