back
NMB ad

कर्मचारी सरुवामा नयाँ कानुन : एक कार्यालयमा दुई वर्ष अनिवार्य ! यस्ता छन अन्य व्यवस्था

Kumari bank ad

काठमाडौं । निजामती कर्मचारीको जथाभावी सरुवाले सरकारी सेवा प्रवाहमा नकरात्मक प्रभाव परेको भन्दै नियन्त्रण गर्ने कानुन बन्ने भएको छ ।

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीलाई एक कार्यालयमा दुई वर्ष काम नगरेसम्म अर्को कार्यालयमा सरुवा गर्न नमिल्ने कानुन बनाउन लागेको हो ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमा ’निजामती कर्मचारीलाई दुई वर्ष पुरा नभई अर्को कार्यालयमा सरुवा गरिने छैन’ भन्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था पारित गर्न लागिएको हो ।

उक्त व्यवस्थाले परराष्ट्र सेवामा कार्यरत कर्मचारीलाई वैदेशिक नियोगहरूमा सरुवाका लागि बाधा पार्ने छैन । अबको नयाँ व्यवस्थामा लेखिएको छ, ’तर नेपाल परराष्ट्र सेवा अन्तर्गतका निजामती कर्मचारीको वैदेशिक नियोगहरूमा सरुवा सम्बन्धी व्यवस्था सो सेवा सम्बन्धी नियममा तोकिए बमोजिम हुनेछ।’

सचिव र सहसचिवलाई भने सरकारले चाहेको बेला सरुवा गर्न सक्नेछ । नयाँ गरिएको व्यवस्थामा भनिएको छ, ’राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी वा सो सरहका निजामती कर्मचारीलाई नेपाल सरकारले आवश्यकता अनुसार सरुवा गर्न सक्नेछ ।’

आयोजना प्रमुख सरुवा गर्न कारण चाहिने नयाँ व्यवस्था गर्न लागिएको निजामती ऐनमा कुनै पनि विभागीय, आयोजना, कार्यालय प्रमुखको अनावश्यक सरुवा पनि नियन्त्रण गर्ने व्यवस्था राखिएको छ ।

विभाग, आयोजना र कार्यालय प्रमुखसँग सरकारले कार्यसम्पादन सम्झौता गर्ने भएकाले अनावश्यक रूपमा सरुवा गर्न नहुने व्यवस्था राखिँदैछ ।

नयाँ व्यवस्थामा लेखिएको छ, ’कार्यसम्पादन सम्झौता गरिएका विभागीय प्रमुख, आयोजना प्रमुख वा कार्यालय प्रमुखलाई आर्थक वर्ष नसकिँदै सरुवा गर्नुपरेमा निजको सम्झौता बमोजिमको कार्य प्रगति अवस्था र सरुवा गर्नुपर्नाको कारण स्पष्ट खोली मन्त्रालयको स्वीकृति लिनुपर्नेछ।’ उक्त विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको अन्तिम चरणमा छ ।

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १५:२८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...