काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर १ गते हकप्रद शेयरको बाँडफाँट गरेको छ । बैंकले साउन ३० गतेसम्म कायम रहेका शेयरधनीहरुलाई १० बराबर २ को अनुपातमा हकप्रद जारी गरेको थियो ।
बैंकले रीतपूर्वक आवेदन दिने शेयरधनीहरुलाई ५७ लाख २६ हजार ३०० कित्ता शेयरको बाँडफाँट गरेको हो । कम्पनीको विक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले शेयरधनीहरुका लागि भदौ १२ गतेदेखि असोज १५ गतेसम्म ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता शेयर निष्कासन गरेको थियो ।
२०७६ मंसिर ०२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २ सोमवार ०८:४८ मा प्रकाशित