back
NMB ad

कुन बैंकको कति कमाई ? यस्तो छ वित्तिय विवरण (सूचिसहित)

Kumari bank ad

काठमाण्डौ । चालु आर्थिक वर्षको तीन महिनामा २८ वाणिज्य बैंकले १६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।
बैंकहरुको समग्र नाफामा सामान्य सुधार भए पनि गएको आर्थिक वर्षको यसै अबधिको तुलनामा वृद्धिदर भने घट्न पुगेको छ ।

गएको आर्थिक वर्षको यस अवधिमा कुल २५ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकको चालु आर्थिक वर्षको यसै अवधिमा भने ६ प्रतिशत मात्रै नाफा देखिएको छ ।

गएको आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको कूल नाफा १५ अर्ब २२ करोड रुपैयाँ थियो । बैंकहरुको निक्षेपको लागत बढ्दै गए पनि अनुपातमा ऋणको ब्याज बढ्न नसक्दा नाफा घटेको हो ।

सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले निरन्तरता पाएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगै नबिल बैंक र एनआईसी एशिया बैंकले तीन महिनामा अर्बभन्दा माथि नाफा कमाएका छन् । तर अर्बमा नाफा गरे पनि शेयरमा प्रतिफल भने बढेको छैन ।

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले पनि १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । एनआईसी एशिया बैंकको नाफा १ अर्ब ४६ लाख छ ।

एनएमबी, ग्लोबल आईएमई, सनराइज, एनआईसी एसिया, सेन्चुरी, नेपाल बंगलादेश र सनराइज बैंकको नाफा उच्चदरमा बढेको छ ।

सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । यसैगरी यस अवधिमा एनसीसी, सिटिजन्स, सिद्धार्थ, बैंक अफ काठमाण्डु, सिभिल र एसबिआई बैंकको नाफामा गिरावट आएको छ ।

२८ मध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ । सेञ्चुरी र नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढेको छ । ९ वाणिज्य बैंकले मात्रै खराब कर्जा १ प्रतिशतभन्दा कम राख्न सफल भएका छन् । समाचार स्रोत : उज्यालो अनलाइन

हेर्नुहोस् सूचि

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...