back
NMB ad

मंसिर ३० गते मुक्तिनाथ विकासको एजिएम, १७.६०% बोनसको प्रस्ताव

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान ११ बजे सभा बोलाएको हो ।

२०७५/०७६ वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।

बैंकले शेयरधनीको लागि १२औं साधारण सभाबाट पारित २० प्रतिशत हकप्रद शेयर वितरणबाट हुन आउने रकम समेत गरी बैंकको जारी तथा चुक्तापूँजीबाट १७ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीको विशेष प्रस्तावमा बैंकको अधिकृत पूँजी ५० अर्ब र्पुयाउने, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २३ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २२ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०९:२५ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...