back
NMB ad

अब सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने, नगरे के हुन्छ कारवाही ?

Kumari bank ad

काठमाडौं । नेपालमा उत्पादन तथा बिक्री हुने सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सात वर्षअघिको विवाद पुनः ब्युँतिएको छ ।

उद्योग विभागले सात वर्षअघि सरकारले गरेको व्यवस्था कार्यान्वयमा ल्याउन सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना जारी गरेपछि विवाद ब्युँतिएको हो ।

सर्वोच्च अदालतको फैसला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन थालिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालले बताए ।

सोहीअनुसार विभागले नेपालमा उत्पादन तथा बिक्री–वितरण हुने सबैखाले सिमेन्ट अनिवार्य रूपमा लेमिनेटेड बोरा प्रयोग गर्न सूचनासमेत जारी गरिसकेको उनले बताए ।

१५ जेठ ०६९ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो ।
उद्योग विभागले सोही सूचना १ असार ०६९ मा दैनिक पत्रिकामा प्रकाशित गरी ९० दिनभित्र लेमिनेटेड बोरा प्रयोगमा ल्याउन सूचित गरेको थियो । तर, उद्योगी डा. ताराप्रसाद पोखरेलले उद्योगीहरूका तर्फबाट उक्त सूचना खारेज गरिपाऊँ भनी सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चले १८ भदौ ०६९ मा उक्त सूचना कार्यान्वयन नगरी–नगराई यथावत् राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । त्यसको सात वर्षपछि सर्वोच्चले गत ३ वैशाख ०७६ मा अन्तरिम आदेश निष्क्रिय गरी रिट निवेदन खारेज गर्योे ।

सर्वोच्चको आदेशपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै विभागलाई पत्राचार गर्योे ।

‘सर्वोच्चको अन्तिम फैसला र मन्त्रालयको पत्रअनुसार हामीले यस व्यवस्थालाई कार्यान्वयनमा लगेका हौँ,’ उनले भने, ‘अब नेपालमा बिक्री–वितरण हुने सबैखाले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नैपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०९:५२ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...