back
NMB ad

यस्तो छ प्रभु बैंकका कर्मचारीको तलब भत्ता विवरण, कसको कति ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंक सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका तलब/भत्ता एकवर्षमा ६२ लाख रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण अनुसार प्रभु बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि तलब/भत्ता तथा सेवा/सुविधामा २ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकले सीइओको तलब भत्ताको लागि १ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो ।

बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता अन्तर्गत वर्षमा १ करोड ८० लाख ७४ हजार रुपैयाँ दिएको छ ।

कर्मचारी बोनस अन्तर्गत बैंकले सीइओलाई २३ लाख ३६ हजार रुपैयाँ दिएको छ । दशैं तथा बिदा वापतको भत्ता गरेर २५ लाख ७८ हजार रुपैयाँ दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा प्रभु बैंकले सीइओको लागि १ करोड १३ लाख ९२ हजार तलब भत्ता गरेर एक वर्षमा दिएको थियो ।

कर्मचारी बोनस अन्तर्गत ३७ लाख ७२ हजार तथा दशैं बिदा वापत १५ लाख ९७ हजार रुपैयाँ दिएको छ । सीइओ शेरचनले पाउने कर्मचारी बोनस भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

बैंकले सीइओको लागि वर्षमा २ करोड २९ लाख रुपैयाँ खर्च गरेपनि सीइओले सो रकममा कर कटाएर मात्र सुविधा पाउछन् । यस्तो सुविधामा ३६ प्रतिशतको कर लाग्छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकका उच्च पदाधिकारीको तलब भत्ता तथा बोनसको लागि २ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ ।

जसमा तलब भत्ताको लागि १ करोड ९८ लाख, कर्मचारी बोनस अन्तर्गत १७ लाख ९९ हजार दशैं तथा बिदा वापत १५ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई इन्धन मर्मत सम्भार सहितको गाडी सुविधा दिएको छ । प्रमुख कार्यकारी अधिकृत सहित उच्च कर्मचारीलाई मोबाइल फोनको भुक्तानी समेत बैंकले गर्छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकको कर्मचारी सुविधाको लागि १ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो सुविधामा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

बैंकले कर्मचारीको तलबको लागि ५२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । भत्ता अन्गर्त ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ ।

यस आधारले हेर्दा तलब भन्दा केही कम मात्र बैंकले कर्मचारीको भत्तामा खर्च गरेको देखिन्छ । बैंकले कर्मचारीलाई २३ करोड ४६ लाख रुपैयाँ गतवर्ष बोनस दिएको छ । अघिल्लो वर्ष कर्मचारीले बोनस अन्तर्गत १५ करोड रुपैयाँ पाएका थिए ।

२०७६ मंसिर ०७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ७ शनिवार १०:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...