back
NMB ad

एनआइसी एसियाले बचत खातामा साढे नौं प्रतिशत ब्याज दिने

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ। बचत खातामा बैंकले साढे नौं प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने छ। कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० रुपैयाँको गुणन दरले ५०० रुपैयाँभन्दा बढी रकम जम्मा गर्न सकिने छ।

बैंकले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्ने जनाएको छ । कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्क बिना यथास्थितिमा बुझाउन सकिनेछ ।

मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध छ ।  खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन्। निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने छ ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार ०८:४८ मा प्रकाशित

You can share this post!

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:४१

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:२४

गलेश्वर (म्याग्दी), १३ जेठः पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको...

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१९

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर...

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...