back
NMB ad

कार्यसम्पादन सन्तोषजनक नभएका ३८ कर्मचारीको एकैदिन सरुवा ! (सूचिसहित)

Kumari bank ad

काठमाडौं । कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापक रुपमा कर्मचारीको सरुवा गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एकैदिन ३८ जनाको सरुवा गरेका हुन । कार्यसम्पादन सन्तोषजनक नभएका र कतिपयको आवस्यकताअनुसार सरुवा गरिएको प्राधिकरण सम्बद्ध स्रोतले जानकारी दिएको छ । योसहित पोखरेल महानिर्देशक भएर आएदेखि ६५ जनाको सरुवा गरेका छन् ।

आइतबार भएको सरुवाअनुसार निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ ।

त्यस्तै विमानस्थल अपरेशन विभाग प्रमुख प्रताप तिवारीलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ। उनले विमानस्थल सञ्चालनका लागि काम गर्ने छन । उनको ठाउँमा देवेन्द्रलाल कर्णलाई सरुवा गरिएको प्राधिकरण स्रोतले जानकारी दियो ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षमता अभिबृद्धि बयोजना प्रमुखबाट बाबुराम पौडेललाई हटाइएको छ। उनको ठाउँमा मुरारी शर्मा गएका छन ।

प्राधिकरणका अधिकांस महाशाखा प्रमुखको सरुवा उनले यसअघि नै गिसकेका थिए । उनले यसअघि विवादित छबीका उपमहानिर्देशक देवानन्द उपाध्यायालाई तालिम केन्द्रमा पठाएका थिए । त्यस्तै राजकुमार क्षेत्रीलाई प्राधिकरण तानेर देवेन्द्र केसीलाई विमानस्थल पठाएका थिए ।

२०७६ मंसिर १० गते प्रकाशित

वि.सं.२०७६ मंसिर १० मंगलवार १०:४१ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...