back
NMB ad

सरकारले तोड्यो पप्पु कन्स्ट्रक्सनसंग ठेक्का

Kumari bank ad

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय धुलिखेलले पप्पु कन्स्ट्रक्सन तीनकुनेसँगको ठेक्का तोडेको छ ।

खुर्कोट–घुर्मी सडकअन्तर्गत खाङसाङ र सोखुखोला पुल म्यादभित्र सम्पन्न नगरेर काम अधुरो राखी सम्पर्क्विहीन भएको भन्दै ठेक्का तोडेको हो ।

पटक(पटक ताकेता र सूचना प्रकाशित गर्दा पनि सम्पर्क्विहीन भइ पप्पुले निर्माण कार्य सुरू नगरेको योजना कार्यालयले जनाएको छ । काम सुरु गरेको भएपनि बीचमा अलपत्र पारेर छाडेको छ । यी दुवै ठेक्काको जिम्मा पप्पु-नेपाल प्रगति जेभीले पाएका थिए ।

आयोजनाले भदौ १५ मा निर्माण कार्य सुचारू गर्न र कार्य सम्पादन जमानत नवीकरण गर्न १५ दिने सूचना निकालेको थियो। त्यसपछि असोजमा सार्वजनिक खरिद ऐन-२०६३ तथा सार्वजनिक खरिद नियमावली(२०६४ बमोजिम ठेक्का तोडी कालोसूचीमा राख्ने बारेको १५ दिने सूचना निकालेको थियो।

ठेक्का सम्झौतामा भएको प्रावधान बमोजिम ठेक्का किन नतोड्ने र ठेक्का नतोड्नुपर्ने कुनै मनासिव कारण वा कुनै आधार प्रमाण भए सो समेत राखी पेश गर्न सूचनामा भनिएको थियो।

स्पष्टीकरण माग गरेकोमा चित्तबुझ्दो जवाफ प्राप्त नभएको तथा हालको मितिसम्म पनि काममा नफर्किएको भन्दै आयोजनाको मंसिर १३ को निर्णय अनुसार ठेक्का तोडिएको हो।

खरिद सम्झौताको दफा ५८ बमोजिम सार्वजनिक खरिद ऐन(२०६३ को दफा ५९ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ समेतको आधारमा कार्यसम्पादन जमानत भएमा (बैक ग्यारेण्टी) जफत गरिएको छ ।

भुक्तानी दिन बाँकी कुनै ठेक्का बिलको रकम भए सो समेत रकम कटाइ ६ करोड ६० लाख २२ हजार १ सय ५० रुपैया २३ पैसा भराउने गरि ठेक्का तोडिएको छ । बाँकी काम अरू निर्माण कम्पनीबाट गराउन रकम भराउन लागिएको आयोजनाका एक इन्जिनियरले बताए ।

ऐनको दफा ५९ २(क) बमोजिम ठेक्काको अन्त्य गर्न एवम् सार्वजनिक खरिद ऐन(२०६३ को दफा ६३(१) बमोजिम कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउने निर्णय गरेको छ।

मंसिर १५ (आज) को मितिले ३५ दिनभित्र उक्त रकम नेपाल सरकारको राजश्व खातामा दाखिला गरि सोको भौचर योजना कार्यालय धुलिखेलमा पेश गर्न भनिएको छ।

पेश नगरेमा निर्माण कम्पनीको जायजेथा सम्पत्तीबाट सरकारी बाँकी सरह असुलउपरका लागि केन्द्रीय तहसिल कार्यालयमा लगत राख्न सिफारिस गरिने आयोजना कार्यालयले चेतावनी दिएको छ ।

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १५ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...